मंगलबार भक्तपुरमा देखिएका दुईजना कोरोना संक्रमितमध्ये २५ वर्षीय महिला सुनसरीको झुम्काबाट आएको खुलेको छ।
प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार तीन दिन अघि उनी सुनसरीको झुम्काबाट भक्तपुर आएकी थिइन्।
युवतीलाई हिजै टेकु अस्पताल भर्ना गरिएको छ।
संक्रमित युवतीकी साथी स्टाफ नर्स रहेको र उनलाई पनि निगरानीमा राखेर परीक्षण गर्ने तयारी गरिएको छ। थप विवरण लिने काम भइरहेको छ।
मंगलबार भक्तपुरका दुई जना र काठमाडौंका एकजना गरी ८३ जना व्यक्तिमा संक्रमण देखिएको थियो। जसमा १८ जना पर्सा, २ जना धनुषा, २ जना महोत्तरी र एकजना सर्लाहीका छन्। यो एकैदिन देखिएको अहिलेसम्मकै ठूलो संख्या हो।
नेपालमा कोरोना संक्रमिको संख्या २१७ पुगेको छ। ३४ जना निको भएका छन्।
Comments are closed.