Nepal's First Video FM

लिम्पियाधुरा समेटिएको नक्सा जारी गर्न सरकारलाई सचिवालयको निर्देशन

256

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयले लिम्पियाधुरा सहितको भू-भाग समेटेर नेपालको नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन दिएको छ। सचिवालयको शुक्रबार बिहान बसेको बैठकले नेपालको भूमिको रक्षा गर्न र तत्काल नक्सा जारी गरेर भारतलाई जवाफ दिन निर्देशन दिनुपर्ने निष्कर्ष निकालेको हो।

‘हामीले लिम्पियाधुरा सहितका भू-भाग समेटेर नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन, सुझाव दिएका छौं’, प्रवक्ता नारायणकाजी श्रेष्ठले भने ‘नेपालको भू-भागको रक्षा गर्नु सरकारको कर्तव्य हो। यसमा सरकार कहीँ कतैबाट विचलित हुनुहुँदैन।’

भारतले गत नोभेम्बर २ मा नयाँ राजनीतिक नक्सा प्रकाशित गर्दै नेपालका भू-भाग पनि उसको क्षेत्रमा समेटेको थियो। त्यसमा नेपालले कुटनीतिक नोट पठाएको थियो। उक्त नोटका जवाफ नआउँदै भारतले नेपालको भूमि हुँदै मानसरोबार जाने सडकमार्गको अघिल्लो शुक्रबार उद्घाटन गरेको थियो।

भारतको नयाँ कदमको नेपालमा विरोध हुँदै आएको छ। सरोकारवालाहरुले नेपालले नयाँ नक्सा जारी गर्नुपर्ने बताउँदै आएका छन्।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.