Nepal's First Video FM

नेपालमा पहिलोपटक गुमाइन् कोभिड-१९ बाट ज्यान

312

काठमाडौं- शुक्रबार धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना संक्रमण भएको रिपोर्ट आएको छ। उनको मृत्युको कारण कोरोना नै भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि पुष्टि गरेको छ। 

महिलाको धुलीखेल अस्पतालमा  उपचारका लागि ल्याउने क्रममा शुक्रबार मृत्यु भएको थियो सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीय महिला वैशाख २३ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी थिइन्

२४ गते उनको नर्मल डेलिभरी भएको थियो । २५ गते डिस्चार्ज भएर घर पठाइएको थियो । घरमा पुगेपछि ज्वरो आउने समस्या भएपछि स्थानीय अस्पतालमा उपचारका लागि लगिएको थियो भने त्यहाँबाट धुलिखेल अस्पताल ल्याइएको थियो ।
धुलिखेलमा उनको कोरोना चेक गर्दा पोजेटिभ देखिएको थियो ।

मन्त्रालयले दिएको जानकारीअनुसार नेपालमा कोरोनाबाट मृत्यु भएको यो पहिलो घटना हो ।

You might also like

Comments are closed.