Nepal's First Video FM

वायर्न म्युनिखलाई चार अंकको अग्रता

60

वायर्न म्युनिखले जर्मन बुण्डेसलिगामा फेरि ४ अंकको अग्रता बनाएको छ । लिगअन्तर्गत आइतबार भएको खेलमा लिग लिडर वायर्नले युनियन बर्लिनलाई २-० ले पराजित गरेको हो ।

बर्लिनको मैदानमा भएको खेलमा वायर्नका लागि रोवर्ट लेवान्डोस्कीले ४०औं मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरे । यस्तै, ८०औं मिनेटमा बेन्जामिन पाभार्डले गोल गर्दै जित पक्का गरेका थिए ।

वायर्नका लागि थोमस मुलरले भने पेनाल्टी अवसर चुकाएका थिए ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.