Nepal's First Video FM

क्वारेन्टाइनमा राखेका ४५ जना भागे

620

कपिलवस्तुको यशोधरा गाउँपालिका– ८ का दुई छुट्टाछुट्टै क्वारेन्टाइनमा बसेका ४५ जना व्यक्ति भागेका छन् । भारत र अन्यत्रबाट आएका सबै जनालाई क्वारेन्टाइनमा नराखेको भन्दै उनीहरु शुक्रबार र शनिबार राति क्वारेन्टाइन छोडेर घर फर्किएका हुन् ।

शुक्रबार राति वडा नम्बर ८ को खोरियास्थित सरस्वती प्राविको क्वारेन्टाइनका ३० जना र शनिबार सोही वडाको राष्ट्रिय निमाबि सिंहखोरका थप १५ जना समेत क्वारेन्टाइन छोडेर भागेका वडा अध्यक्ष सहाबुद्दिन मुसलमानले जानकारी दिए ।
यशोधरा गाउँपालिकाका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वडा नंं ८ मा मात्रै पाँच जनामा संक्रमण भएको छ । हालसम्म फेला परेका संक्रमित सबै खोरिया गाउँकै हुन् ।

You might also like

Comments are closed.