Nepal's First Video FM

प्रधानमन्त्रीलाई उभिएर बोल्न गाह्रो भएपछि रोष्टममै कुर्सी राखियो

567

प्रधानमन्त्री केपी शर्मा ओलीले उभिएर सम्बोधन गर्न गाह्रो भएपछि रोष्टममै कुर्सी राखिएको छ। सरकारको नीति तथा कार्यक्रमबारे सांसदहरुले उठाएका प्रश्नको जवाफ दिइरहँदा उहाँले आफूलाई उभिएर बोल्न गाह्रो भएको बताउनुभयो।

लगत्तै सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीलाई सिटमै गएर सम्बोधन गर्न आग्रह गर्नुभयो। तर प्रधानमन्त्रीले अगाडि बसेर बोल्दा सबैतिर देखिने भएकाले रोष्ट्रमबाटै सम्बोधन गर्ने चाहना व्यक्त गर्नुभयो।

त्यसपछि सभामुख सापकोटाले महासचिवलाई प्रधानमन्त्रीलाई रोष्टममै कुर्सीको व्यावस्था गरिदिन निर्देशन दिनुभयो। त्यसपश्चात् उहाँलाई रोष्टममा नै कुर्सीमा बसेर बोल्ने व्यवस्था गरिएको हो।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.