Nepal's First Video FM

भारतबाट आएको भाइरस कडा देखियो: प्रधानमन्त्री

383

प्रधानमन्त्री केपी शर्मा ओलीले अन्य मुलुकभन्दा भारतबाट आएकाहरुमा कडा खालको कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको बताउनुभएको छ।

सरकारको नीति तथा कार्यक्रममा उठेको प्रश्नहरुको मंगलबार संसदमा जवाफ दिँदै उहाँले वुहान, इटली, दुवईबाट आएको भाइरसभन्दा भारतबाट आएको भाइरस कडा खालको देखिएको बताउनुभयो।

पछिल्लो समय भारतबाट आएका धेरैमा कोरोना संक्रमण देखिएको छ। यसरी आएकाहरु लुकेर बस्दा झन समस्या भएको प्रधानमन्त्रीले बताउनुभयो।

प्रधानमन्त्री ओलीले कोरोनाका कारण कोही पनि नागरिकको ज्यान जान नदिने सरकारको प्रयास विभिन्न कारणले असफल भएको स्वीकार गर्नुभयो।

You might also like

Comments are closed.