Nepal's First Video FM

६३ प्रतिशतभन्दा बढीले भारतमा अनलाइन अध्ययन गर्ने

500

लिंक्दइन नामको एक सामाजिक सञ्जालले हालै गरेको एक अध्ययनले ६३ प्रतिशत भन्दा बढी भारतीयहरुले आगामी दिनमा इन्टरनेटको माध्यमबाट अध्ययन गर्ने (अनलाइन लर्निङ) गर्ने जनाएको छ ।

उक्त संस्थाले हालै गरेको एक अध्ययनमा यस्तो देखिएको बताइएको छ । मङ्गलबार सो संस्थाले उक्त अध्ययनसम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको हो । भारतमा शिक्षालगायतका विभिन्न व्यवसायिक क्षेत्रका व्यक्तिहरुमा गरेको उक्त सर्वेक्षणले यो अवस्था देखाएको उक्त संस्थाले जनाएको छ ।

यस सर्वेक्षणमा उक्त संस्थाले २ हजार ३२३ जनालाई प्रश्न सोधेको थियो । तीमध्येका ६० प्रतिशत भन्दा बढीले आगामी दिनमा पनि आफूहरुले अनलाइनको माध्यमबाट अध्ययन गर्ने जनाएका हुन् ।

You might also like

Comments are closed.