कोरोना संक्रमित भेटिएपछि भक्तपुर नगरपालिका–५, ल्योसिखेललाई सिल गरिएको छ । आउजाउ गर्ने बाटोमा बाँसको तगारो लगाएर बन्द गरिएको छ ।
सो क्षेत्रमा दुई जना प्रहरी पनि तैनाथ गरिएको छ । मानिसहरु आ-आफ्नो घरभित्रै छन् । बाहिरका मानिसहरुलाई पनि सो क्षेत्रमा आउन रोक लगाइएको छ ।
मंगलबार भक्तपुरका ४२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो । उनी काठमाडौं महानगरपालिकाका गाडी चालक रहेको भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले जानकारी दिए ।
Comments are closed.