Nepal's First Video FM

कोरोना विरुद्धको लडाइँमा ज्योति विकास बैंकद्वारा एचएफएनसँग सहकार्य

465

ज्योति विकास बैंकले हेल्थ फाउण्डेसन नेपाल (एचएफएन) सँग बुधबार रु २ लाख बराबरको आर्थिक सहायता सहितको सहकार्य गर्ने सहमति गरेको छ । बैंकले सामाजिक उत्तर दायित्वको लागि सिर्जना गरेको हाम्रो विकास प्रवर्द्धन कोष मार्फत एचएफएनलाई कोरोना विरुद्धको लडाइँमा संस्थाको एन-९५ युभिजिआई डिकन्ट्यामिनेसन प्रोजेक्टको लागि सहयोग गरेको हो।

एचएफएनको एन-९५ डिकन्ट्यामिनेसन प्रोजेक्ट अन्तर्गतको युभिजिआई प्रविधिले वर्तमान स्थितिमा स्वास्थ्यकर्मीहरुले प्रयोग गर्ने एन-९५ मास्क र पीपीईलाई पुन प्रयोग गर्न मिल्ने गरि जीवाणु रहित बनाउंदछ। सो प्रविधि अन्तर्गत प्राविधिक रुपमा उपयुक्त डिकन्ट्यामिनेसन तरिका अपनाइएमा अल्ट्रा भाइलेट प्रकाशको प्रयोगले एउटै एन-९५ मास्कलाई पनि कम्तिमा ५ पटकसम्म सुरक्षित तरिकाले पुन प्रयोग गर्न मिल्ने तथ्यहरुले देखाएको छ। स्वास्थ्यकर्मीहरुको प्रयोगको लागि अत्यावश्यक एन-९५ मास्क र पीपीईको सजिलो पूर्तिको लागि यो प्रविधिले उल्लेखनीय योगदान पुर्याउनेछ। एचएफएनले पहिलो चरणमा नेपाल सरकारको स्वास्थ्य तथा जनसङख्या मन्त्रालय र मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेण्टरसँगको सहकार्यमा देशभरको २८ विभिन्न अस्पतालमा सो प्रविधि स्थापना गर्नेछ।

डिजिटल वेबिनारमार्फत भएको उक्त सहकार्य सम्झौतामा ज्योति विकास बैंककोतर्फबाट बैंकका कामु प्रमुख कार्यकारी अधिकृत पारस राज कँडेल तथा हेल्थ फाउण्डेसन नेपाल (एचएफएन)का कार्यकारी निर्देशक मदन राज भट्ट्ले हस्ताक्षर गर्नुभयो। समाजमा प्रभावकारी योगदान पुर्याउने हेतुले स्थापित हाम्रो विकास प्रवर्द्धन कोष मार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक कार्यमा सहकार्य गर्दै आएको छ र आगामी दिनहरुमा पनि समाजमा परिवर्तन ल्याउने खालका कार्यक्रमहरुमा सहयोग गर्ने प्रतिबद्धता गरेको छ।

हाल ज्योति विकास बैंकले १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ५६ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ। हालसम्म बैंकले ३ लाख भन्दा बढि खाताबाट करिब रु. ३४ अर्ब निक्षेप संकलन गरी २० हजारभन्दा बढि ऋणीलाई करिब रु.२९ अर्व लगानी गर्न सफल भएको छ ।

You might also like

Comments are closed.