काठमाडौं उपत्यकामा थपिएका पाँच जना कोरोनाभाइरस संक्रमितमध्ये एक जना संक्रमित छापाखानाका कामदार रहेको खुलेको छ।
मंगलबार काठमाडौंमा मात्रै तीन जना संक्रमित थपिएका थिए। जसमध्ये एक जना महानगरपालिका–२८ बागबजारको बुद्ध विहार पछाडि बस्ने खुलेको हो।
ती संक्रमित केही दिनअघि भैरहवाबाट काठमाडौं आएको खुलेको छ।
‘उनी ५-६ दिनअघि भैरहवाबाट आएको भन्ने खुलेको छ,’काठमाडौं महानगर-२८ का वडाध्यक्ष भाइराम खड्गीले भने,’अब त्यो ठाउँ सिल गर्ने तयारी गर्दैछौं।
अहिले उनको अवस्था सामान्य रहेको छ ।
Comments are closed.