विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ बाट मृत्यु हुनेकाे संख्या ३ लाख २९ हजार नाघेकाे छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार बिहीबार बिहानसम्म काेराेनाका कारण मृत्यु हुनेकाे संख्या ३ लाख २९ हजार ७३२ पुगेकाे छ । विश्वमा कोरोनाबाट संक्रमित हुनेकाे संख्या भने ५१ लाखनजिक पुगेकाे छ । अहिलेसम्म ५० लाख ९० हजार ६१ पुगेकाे वर्ल्डो मिटर्सले जनाएकाे छ । कुल सङ्क्रमितमध्ये २० लाख २४ हजार २२उपचारपछि घर फर्किएका छन् । याे निकाे हुनेकाे संख्या ज्यान गुमाउनेकाे भन्दा ६ गुणा बढी हाे ।
कोरोनाको उद्गम स्थल चीन भए तापनि कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेमा अमेरिका पर्छ । अहिलेसम्म अमेरिकामा ९४ हजार ९४१ जनाको मृत्यु भइसकेको छ । संक्रमितकाे संख्या भने १५ लाख ९३ हजार ३९ पुगेकाे छ । संक्रमितमध्ये ३ लाख ७० हजार ८१२ भने पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ ११ लाख २७ हजार बढीमा कोरोनाको सक्रिय रहेको छ । संक्रमितमध्ये १७ हजार ८१५ अवस्था गम्भीर रहेको छ ।
पछिल्लाे समय काेराेना भाइरसको नयाँ हटस्पट रूस बनेकाे छ । अहिलेसम्म रूसमा ३ लाख ८ हजार ७०५ मानिस काेराेनाबाट संक्रमित भएका छन् । काेराेनाका कारण मृत्यु हुनेकाे संख्या भने २ हजार ९७२ पुगेकाे छ । संक्रमितमध्ये ८५ हजार बढी पूर्णरूपमा निकाे भएका छन् । अहिले त्यहाँ २ लाख २० हजार बढीमा काेराेना संक्रिय रहेकाे छ । तीमध्ये २१ सयकाे अवस्था गम्भीर रहेकाे छ ।
कोरोनाले भयावह पारेको अर्को देश हो, स्पेन । अहिलेसम्म स्पेनमा काेराेना संक्रमितकाे संख्या २ लाख ७९ हजार ५२४ पुगेकाे छ । स्पेनमा कोरोनाका कारण २७ हजार ८८८ जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये १ लाख ९६ हजार भने पूर्णरूपमा निकाे भइसकेका छन् । अहिले त्यहाँ ५४ हजारमा कोरोना सक्रिय रहेको छ ।
Comments are closed.