Nepal's First Video FM

चितवनमा थप तीन जनामा कोरोना देखियो

144

चितवनमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विहिबार भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परिक्षणमा चितवनका दुई र नवलपरासी पुर्वका एक जनामा कोरोना पोजेटिभ देखिएको हो । भरतपुर अस्पतालको स्रोतका अनुसार, भरतपुर महानगरपालिका ६का एक जना महिला र एक पुरुष र नवलपुर सुस्ताका एक जना पुरुषमा कोरोना पोजेटिभ देखिको हो ।

उनिहरु सवै जना भारतबाट आएको खुलेको छ । भरतपुर ६ का दुई जना महिला र पुरुष यसअघि भारतमा उपचार गराउन गएर दुई दिन अगाडी घर फर्केका थिए । उनिहरुको आधिकारिक विवरण केही बेरपछि सार्वजनिक गर्ने तयारीमा भरतपुर अस्पताल रहेको छ ।

राति देखिनै कन्ट्याक ट्रेसिङको काम सुरु भएको छ । अहिले उनिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ ।यसअघि भरतपुरमा तीनमो कोरोना देखिएको थियो । त्यसमध्ये दुई जना निको भएर घर फर्किएका छन्, भने एक जनाको उपचार भैरहेको छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.