Nepal's First Video FM

विश्वभर एकैदिन १ लाख बढी संक्रमित, ४ हजार ८ सयकाे मृत्यु

57

विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ बाट मृत्यु हुनेकाे संख्या ३ लाख ३४ हजार नाघेकाे छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार शुक्रबार बिहानसम्म काेराेनाका कारण मृत्यु हुनेकाे संख्या ३ लाख ३४ हजार ५९७ पुगेकाे छ ।

विश्वमा कोरोनाबाट संक्रमित हुनेकाे संख्या भने ५२ लाखनजिक पुगेकाे छ । अहिलेसम्म ५१ लाख ९३ हजार ७६० पुगेकाे वर्ल्डो मिटर्सले जनाएकाे छ । कुल सङ्क्रमितमध्ये २० लाख ८० हजार ९१३ उपचारपछि घर फर्किएका छन् । याे निकाे हुनेकाे संख्या ज्यान गुमाउनेकाे भन्दा ६ गुणा बढी हाे ।

पछिल्लाे २४ घण्टामा मात्रै विश्वभर १ लाख ३ हजार बढी नयाँ काेराेना संक्रमित भेटिएका छन् भने ४ हजार ८ सय ५३ जनाकाे मृत्यु भएकाे वर्ल्डो मिटर्सले जनाएकाे छ । बिहीबार बिहानसम्म विश्वभर काेराेना संक्रमित हुनेकाे संख्या ५० लाख ९० हजार ६१ थियाे भने मृत्यु हुनेकाे संख्या ३ लाख २९ हजार ७३२ थियाे ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.