Nepal's First Video FM

१४ जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण

154

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण दिनप्रतिदिन संक्रमित र मृतकको संख्या बढ्दै गएको छ । कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि अग्रभागमा खटिएका सुरक्षाकर्मीमै संक्रमण बढ्न थालेपछि उच्च सुरक्षा सतर्कता अपनाउन थालिएको छ ।

महानगरीय प्रहरी प्रमुख श्यामप्रसाद ज्ञवालीले कोरोना संक्रमित बढेसँगै सुरक्षाकर्मी प्रबन्धबारे ध्यान दिइएको बताउनु भयो । ‘सुरक्षाकर्मी ब्यारेकमा सामूहिक बस्छन्’ उहाँले भन्नुभयो’, ‘त्यसकारण बिशेष सावधानी नअपनाउने हो भने एउटालाई लागेपछि बारेकमा अरुलाई पनि सर्ने सर्ने खतरा हुन्छ ।’

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण र मृतकको संख्या नेपालमा पनि दिनप्रतिदिन बढिरहेको छ । संक्रमण थप नफैलियोस् भनेर सरकारले लकडाउन जारी गरेको दुई महिना बितिसक्यो । लकडाउनलाई सफल पार्न चौबिसै घण्टा सुरक्षाकर्मीहरु अग्रभागमा खटिएका छन् । सुरक्षा पहरा दिन अग्रभागमा खटिएका सुरक्षाकर्मी नै यतिबेला उच्च जोखिममा छन् ।

तथ्यांक अनुसार हालसम्म नेपाल प्रहरीका ७, सशस्त्र प्रहरी बलका ४, नेपाली सेनाका २ र राष्ट्रिय अनुसन्धान विभागका १ जना गरी १४ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । सुरक्षाकर्मी ब्यारेकमा सामूहिक बस्छन् । एउटालाई लाग्यो भने सबैलाई सर्ने खतरा हुन्छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.