Nepal's First Video FM

मृत्यु भएको ३० घण्टापछि कोरोना संक्रमितको शव उठ्यो, परिवारजनले बुझेनन्

186

मृत्यु भएको ३० घण्टापछि कोरोना संक्रमितको शव उठाइएको छ । गुल्मी मदाने ६ पुर्कोटका ४१ बर्षीय पुरुषको हिजो बिहान कोरोना संक्रमणका कारण रुपन्देहीको मणिग्राम स्थित क्रिमसन अस्पतालमा मृत्यु भएको थियो ।

अस्पतालले शव उठाउने प्राविधिक छैनन भन्ने र आफन्तले अस्पतालले उपचार नगरेर मृत्यु भएको भन्ने बिवादकाबीच मृत्यु भएको ३० घण्टा सम्म शव उठाउन सकिएको थिएन ।

नेपाली सेना र प्रहरिको टोलीले केहीबेर अघि अस्पतालबाट शव लिएर गएको तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिनुभयो । आफन्तले भने शव बुझ्न सहमति नजनाएको बताएका छन ।

अस्पतालले हस्ताक्षर गर्न भनेर भनेको तर आफूहरुले हस्ताक्षर गर्न नमानेपछि शव उठाएर लिएर गएको मृतकका भाईले न्यूज २४ लाई बताए । तर अस्पतालले परिवारलाई मृत्युको प्रमाणपत्र भने थमाएको छ ।

आफन्तको मागका बिषयमा पछि छलफल गर्ने सहमति भएको बताइएको छ । नेपाली सेनाको टोलीले शवलाई तिलोत्तमा नगरपालिकाको जंगलमा कोरोना मृत्यु निर्देशिका अनुसार अन्त्येष्टि गरेको छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.