Nepal's First Video FM

कोरोनाबाट मृत्यु भएकाको घरमा डेरामा बस्नेलाई संक्रमण

527

कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएका गुल्मीको मदाने गाउँपालिकाका शिक्षकको घरमा डेरा गरी बस्ने अर्का पुरुषलाई कोरोना संक्रमण देखिएको छ ।

कोरोना संक्रमणबाट मृत्यु भएका ४१ वर्षीय शिक्षकको घरमा डेरा गरी बस्ने ३१ वर्षीय पुरुषको रिपोर्ट पाजेटिभ आएको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख डा भवानी प्रसाद शर्माले जानकारी दिए ।

‘एक जनाको रिपोर्ट पोजेटिभ आएको जानकारी गराइएको छ’, शर्माले भने, ‘त्यस गाउँबाट ३० जनाको स्वाब पठाइएको थियो । २५ जनाको हिजो नेगेटिभ आयो । ५ वटाको परीक्षण हुन बाँकी थियो । त्यसमध्ये परीक्षण गरिएका दुई जनामध्ये एक जनाको नेगटिभ र एक पोजेटिभ आएको जानकारी छ ।’ उनले अझै थप तीन जनाको नमुना परीक्षण हुन बाँकी रहेको पनि जानकारी दिए ।

कोरोनाबाट यसअघि संक्रमित भएका गुल्मीका ती शिक्षकको रुपन्देहीमा उपचारको क्रममा मृत्यु भएको थियो ।

You might also like

Comments are closed.