Nepal's First Video FM

विश्वभर कोरोना : ५४ लाख संक्रमित, ३ लाख ४४ हजारको मृत्यु ।

273

काठमाडौं- विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ५४ लाख नाघेको  छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको सोमबार बिहानसम्मको तथ्यांक अनुसार ५४ लाख सय जनामा संक्रमण पुष्टि भएको

संक्रमण देखिएको देशको सूचीमा अमेरिका पहिलो स्थानमा छ। त्यहाँ १६ लाख ४१ हजार ५ सय ८५ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, ब्राजिलमा ३ लाख ६३ हजार २ सय ११, रुसमा ३ लाख ४४ हजार ४ सय ८१, बेलायतमा २ लाख ६० हजार ९ सय १६, स्पेनमा २ लाख ३५ हजार ७ सय २२, इटालीमा २ लाख २९ हजार ८ सय ५८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।

विश्वभर ३ लाख ४४ हजार ७७ जनाको कोरोना संक्रमणपछि मृत्यु भएको छ। सर्वाधिक मृत्यु हुने देशको सूचीमा पनि अमेरिका नै अघि छ। त्यहाँ ९७ हजार  ६ सय ८६ जनाको मृत्यु भइसकेको छ।

त्यस्तै, बेलायतमा ३६ हजार ८ सय ७५, इटालीमा ३२ हजार ७ सय ८५, स्पेनमा २८ हजार ७ सय ५२ जनाको मृत्यु भइसकेको छ।

विश्वभर २१ लाख ६५ हजार ७ सय ८२ जना संक्रमित अहिले संक्रमणमुक्त भएका छन्। तीमध्ये अमेरिकामा ३ लाख ६६ हजार ७ सय ३६, जर्मनीमा १ लाख ६० हजार २ सय ८१, स्पेनमा १ लाख ५० हजार ३ सय ७६, ब्राजिलमा १ लाख ४९ हजार ९ सय ११ जना संक्रमणमुक्त भएका छन्।

नेपालमा पनि संक्रमितको संख्या ६ सय ३ पुगेको छ। आइतबार नुवाकोटामा पनि संक्रमित भेटिएसँगै देशका ४२ जिल्लामा संक्रमण फैलिएको छ।

संक्रमितमध्ये १ सय ५ जनामा अहिले संक्रमणमुक्त भएका छन्। नेपालमा ३ जनाको भने कोरोना संक्रमणपछि मृत्यु भएको

You might also like

Comments are closed.