Nepal's First Video FM

राष्ट्रका नाममा प्रधानमन्त्रीले सम्बोधन गर्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ महामारी विरुद्धको लडाइको हालसम्मको अवस्था र अबका रणनीति जानकारी गराउन राष्ट्रका नाममा सम्बोधन

388

गर्ने भएका छन् ।

साँझ साँढे पाँच बजे नेपाल टेलिभिजन मार्फत प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । उनका अनुसार सम्बोधन कोरोना महामारीका विरुद्धको लडाइका सन्दर्भमा जनतालाई जानकारी गराउन केन्द्रित हुनेछ ।

कोरोना महामारीपछि प्रधानमन्त्रीले यसअघि दुईपटक राष्ट्रका नाममा सम्बोधन गरेका छन् । सम्बोधनअघि आजै साँझ ५ बजे मन्त्रिपरिषद बैठक राखिएको छ । बैठक नियमित एजेण्डाहरुमा केन्द्रित रहने प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.