Nepal's First Video FM

बालुवाटारमा यसरी मनाए प्रधानमन्त्री ओलीले ६७औँ जन्मदिन !

620

फागुन ११, प्रधानमन्त्री केपी शर्मा ओली आजबाट ६७औँ वसन्त पार गरेका छन् । एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको जन्मदिन परेकाले बालुवाटारमा बिहानैदेखि विभिन्न कार्यक्रमसहित ओलीको जन्मदिन मनार्इरहेका छन् ।

भर्खरै प्रधानमन्त्रीमा नियुक्त भएका ओलीको जन्मदिनलाई एमालेले विशेष रुपमा लिएको छ । ओलीको जन्मदिनमा दुइटा ‘बर्थडे केक’ काटिएका थिए ।

पहिलो केक स्थायी समितिले ल्याएको थियो । केक काट्नु पहिले सचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री ओली ६६ वर्ष पूरा गरेर ६७ मा लागेकोमा शुभकामना दिए । पार्टी केन्द्रीय कार्यालयका तर्फबाट कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्रीलाई केक खुवाएका थिए ।

अर्को केक मदन भण्डारी स्पोर्ट फाउन्डेसनले ल्याएको थियो । सो केक पनि प्रधानमन्त्री ओलीले काटेका थिए । प्रधानमन्त्री पत्नी राधिका शाक्यले सो केक पहिला प्रधानमन्त्रीलाई खुवाएकी थिइन् ।

प्रधानमन्त्रीको जन्मदिनको केक काटेर बसेको एमाले स्थायी समिति बैठक अहिले जारी छ । बैठकले एमालेबाट सरकारमा जाने थप मन्त्रीको नाम टुंगो लगाउने बताइएको छ ।

यसैबीच भारतीय राजदूत मन्जीवसिंह पुरीले आजै प्रधानमन्त्री ओलीलाई भेटेर जन्मदिनको शुभकामना दिएका छन् । ओलीको जन्म २००८ साल फागुन ११ गते तेह्रथुममा भएको हो । ।

You might also like

Comments are closed.