Nepal's First Video FM

कोरोनाको माहामारीमा सञ्चार क्षेत्रको भुमिकालाई उचित सम्बोधन गर्न आर बि एफ को माग (विज्ञप्ति सहित)

631

काठमाडौँ । कोरोना भाइरस कोभिड १९ महामारीको बिषम परिस्थितिमा नेपालका रेडियोकर्मीहरुले खेलेको भुमिकाको उचित सम्बोधन गर्न रेडियो प्रसारक मञ्च(आरबिएफ) ले सरकार समक्ष माग राखेको छ । आरबिएफका अध्यक्ष आरके श्रेष्ठले आज एक विज्ञप्ति जारी गर्दै यस्तो विपतको बेलामा राज्यले समग्र सञ्चार क्षेत्रलाई उचित सम्बोधन नगरेको भन्दै दुखः व्यक्त गर्नुभएको छ ।

कोभिड १९ तथा अन्य बिषयमा सुचना संकलन गर्न खटिएका सञ्चारकर्मीहरुमा कोरोना संक्रमण देखिएको भन्दै आरबिएफले सतर्क भएर आफ्नो जिम्मेवारी निर्वाह गर्न समेत सञ्चारकर्मीहरुलाई आग्रह गरेको छ ।महामारीको अवस्थामा अग्रपंक्तीमा रहेर काम गरिरहेका .एम÷रेडियोकर्मीहरुको स्वास्थ्य विमा गरिदने समेत तयारी भइरहेको अध्यक्ष श्रेष्ठले जानकारी गराउनुभएको छ ।

हाल छिमेकी देशसँग भएको विभिन्न विवादलाई कुटनीतिक माध्यमबाट हल गर्दै अगाडि बढ्नुपर्नेमा समेत आरबिएफले जोड दिएको छ । विपत्तीको घडिमा नेपाल भारत तथा नेपाल चीन सम्बन्धमा खलल नपुग्ने गरी तथ्यमा आधारित समाचार तथा अन्य सामाग्रीहरु प्रसारण गर्न समेत विज्ञप्ति मार्फत आग्रह गरिएको छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.