कांग्रेसद्वारा दलित युवकको हत्याको विषयमा संसदीय छानबिनको माग
नेपाली कांग्रेसले रुकुम पश्चिममा भएको घटनाको संसदीय छानबिन गर्न माग गरेको छ ।
नेपाली कांग्रेसले रुकुम पश्चिममा भएको घटनाको संसदीय छानबिन गर्न माग गरेको छ ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले पश्चिम रुकुममा दलित युवकको मृत्युको घटनाको संसदीय छानबिन गर्न माग गरेका हुन् ।
उनले घटनामा बेपत्ता भएकाको खोजी, मृतकलाई क्षतिपूर्ति र घाइतेको उपचार गर्न सरकारसँग माग गरेका थिए ।
त्यस्तै घटनामा संलग्नको आरोपमा पक्राउ परेकालाई राजनीतिक दबाब र प्रभावमा रिहा नगरी निश्पक्ष छानबिन गर्न पनि सांसद विश्वकर्माले माग गरे ।
Comments are closed.