चैत र वैशाखमा ६७ अर्बले घट्यो रेमिट्यान्स
नेपाल राष्ट्र बैंकले मौद्रीक नीतिको समीक्षा गर्दै गर्दै रेमिट्यान्समा उच्च गिरावट आएको जानकारी दिएको छ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रीक नीतिको समीक्षा गर्दै गर्दै रेमिट्यान्समा उच्च गिरावट आएको जानकारी दिएको छ । राष्ट्र बैंकका अनुसार गत चैत र वैशाख महिनामा ७५ अर्ब ४८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
अघिल्लो वर्ष (२०७५) को चैत र वैशाख महिनामा भने १ खर्ब ४३ अर्ब ११ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।
२०७५ काे चैत-वैशाखकाे तुलनमा यो वर्षको त्यस्तै महिनामा रेमिट्यान्स ६७ अर्ब ६३ करोड रुपैयाँले घटेको हो । गत वर्षको चैत र वैशाखकाे अवधिमा रु. १४३ अर्ब ११ करोड विप्रेषण प्राप्त भएको थियो ।
Comments are closed.