Nepal's First Video FM

भारत कोरोना भाइरसबाट प्रभावित हुने देशकाे दशौँ नम्बरमा

भारत कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित हुने देशको सूचीमा दशौँ नम्बरमा आएको छ ।

329

भारत कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित हुने देशको सूचीमा दशौँ नम्बरमा आएको छ । भाइरसबाट संक्रमित हुनेको संख्या दिनदिनै बढ्दै जाँदा यो सूचीमा भारत अझ अगाडि आउन सक्ने उच्च सम्भावना छ ।

अनुसन्धानकर्ताका अनुसार जुलाईसम्म भारतमा भाइरस संक्रमितको संख्या बढ्नेछ ।

जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार भारतमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या एक लाख ३८ हजार पाँच सय ३६ पुगेको छ । मृत्यु हुनेको संख्या चार हजार २४ छ ।

सरकारी तथ्यांकअनुसार भारतमा प्रत्येक १३ दिनमा संक्रमितको संख्या दुई गुणाले बढेको छ । भारत विश्वको सबैभन्दा धेरै जनसंख्या भएको दोस्रो देश हो । यहाँ एक अर्ब ३० करोड जनसंख्या छ ।

भाइरसको संक्रमणलाई कम गर्न सरकारले २४ मार्चदेखि देशव्यापी लकडाउन गरेको थियो । तर, पछिल्लो दिनमा केही प्रतिबन्धहरू खुकुलो बनाउँदै आएको छ । भारतमा सबैभन्दा बढी प्रभावित राज्य महाराष्ट्र हो ।

We started the work on COVID-19 in India on March 16. Our first paper is now accepted and available in the special issue of the Harvard Data Science Review on COVID-19. It has been a transformative experience for many of us. I am so proud of this team! https://t.co/bv0zQy0w6w

— Bhramar Mukherjee (@BhramarBioStat) May 22, 2020
संक्रमितको संख्या बढ्दै जाँदा सरकारी अस्पतालमा बिरामी राख्ने शय्याको अभाव भएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार यसबारेमा भारतको स्वास्थ्य मन्त्रालयले अहिलेसम्म केही प्रतिक्रिया जनाएको छैन ।

प्रेस ब्रिफिङमा सरकारले सबै संक्रमितलाई अस्पतालमा भर्ना गर्न आवश्यक नरहेको र अस्पतालको क्षमता विस्तारको काम तीव्र बनाएको बताएको छ । भारतका अस्पतालमा हाल सात लाख १४ हजार शय्या छन् ।

संक्रमितको संख्यामा विश्वभर अमेरिका, ब्राजिल, रुस, बेलायत, स्पेन, इटाली, फ्रान्स, जर्मनी र टर्की सबैभन्दा अगाडि रहेका छन् ।

You might also like

Comments are closed.