काठमाडौं- भारतमा कोरोना संक्रमितको संख्या १ लाख ५० हजार नाघेको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको बुधबार बिहानसम्मको तथ्यांक अनुसार भारतमा १ लाख ५० हजार ७ सय ९३ मा संक्रमण पुष्टि भएको छ ।
भारत सर्वाधिक संक्रमण फैलिएका देशको सूचीमा भारत १० औं स्थानमा छ। भारतभन्दा अघि क्रमशः टर्की, जर्मनी, फ्रान्स, इटाली, स्पेन, बेलायत, रुस, ब्राजिल र अमेरिका छन्।
भारतमा ४ हजार ३ सय ४९ जनाको संक्रमणपछि मृत्यु भएको छ।६४ हजार २ सय ७७ जना संक्रमित अहिले संक्रमणमुक्त भएका छन्।
नेपालमा पनि ७ सय ७२ जनामा संक्रमण पुष्टि भएको छ। मंगलबार एकैदिन ९० जनामा संक्रमण पुष्टि भएको थियो।
नेपालमा संक्रमितमध्ये १ सय ५५ जना अहिले संक्रमणमुक्त भइसकेका छन् भने ४ जनाको मृत्यु भएको छ।
Comments are closed.