वीरगंजस्थित नारायणी अस्थायी कोभिड अस्पतालबाट थप २१ जना कोरोना संक्रमित निको भएका छन्। उनीहरु गए राति नै डिस्चार्ज भएका अस्पतालले जनाएको छ।
डिस्चार्ज हुनेमा १६ पुरुष र ५ महिला छन् , गत वैशाख २७ देखि ३० गतेसम्म भर्ना भएका थिए। अस्पतालमा अब ९ जना संक्रमित मात्रै उपचाररत रहेको अस्पतालले बताएको छ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ सय ७६ पुगेको छ।
Comments are closed.