जग्गा विवादमा झडप हुँदा सिरहामा १५ जना घाइते
सिरहाको नरहा गाउँपालिका ३ चोहर्वा खोरियामा बिहीबार जग्गा विवादमा दुई समूहबीच झडप हुँदा १५ जना घाइते भएका छन्।
सिरहाको नरहा गाउँपालिका ३ चोहर्वा खोरियामा बिहीबार जग्गा विवादमा दुई समूहबीच झडप हुँदा १५ जना घाइते भएका छन्।
लामो समयदेखिको जग्गा विवादको विषयमा छलफल गर्न बिहीबार बिहान स्थानीय भेला भएको ठाउँमा झडप भएको स्थानीय मोहम्मद सकिलले बताए। छलफलमा विवाद हुँदा दुबै पक्षले घरेलु अतियारसहित ढुंगामुढा गर्दा १५ जना घाइते भएका इलाका प्रहरी कार्यालय मिर्चैयाका ईन्चार्ज डिएसपी सन्तु जैसवालले बताए।
झडपछि घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिएको छ। स्थानीय स्थानीय मो. रमतुल्ला अन्सारी, जुबेर कलाम र मो. मनिर अंसारीबीच लामो समयदेखि जग्गा विवाद छ।
झडपमा परि रमतुल्ला पक्षका मो.मजेबुल, मुबारक मियाँ, जाकिर अंसारी, रजिना खातुन, जाबिर अन्सारी, मिनत अन्सारी, रजिना खातनु, सहिद अन्सारी घाइते भएका छन्। त्यसैगरी मनिर पक्षका हमिद मियाँ, अजमत राईन, दाउद अन्सारी, सुलफा खातुन, मोहम्मद अन्सारी र करामत राईन घाइते भएका प्रहरीले जनाएको छ।
घाइतेहरुको टाउको, हात, खुट्टामा चोट लागेको छ। उनीहरुको मिर्चैयामा उपचार भैरहेको प्रहरीले जनाएको छ । उक्त वस्तीमा यस अघि पनि जग्गा सम्बन्धी विवादमा दुई समूहबीच दुई पटक झडप भैसकेको छ।
रमतुल्ला नेकपा र मनिर राजपाका स्थानीय नेता हुन्। वडाध्यक्षमा राजपाका अनिसुल अन्सारी विजय भएदेखि गाउँमा नेकपा र राजपाबीच झडप हुँदै आएको छ।
Comments are closed.