Nepal's First Video FM

बजेटले दिएका प्राथमिकताहरु

407

आगामी आबको बजेट आज सार्वजनिक भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संसदको संयुक्त बैकठमा नयाँ बजेट सार्वजनिक गरेका हुन् । बजेटले स्वास्थ्य, कृषि, उत्पादन र रोजगारलाई महत्व दिएको छ । बजेटले प्रधानमन्त्री रोजगारी कार्यक्रम देखि कोरोना तथा लकडाउनका कारण परेको आर्थिक क्षेतिलाई फोकस गरेको छ ।

नीजि क्षेत्रका अस्पताललाई सरकारले पैयोग गर्ने
नेपाल औषधि लि को क्षमता विस्तार गरिने
निशूल्क बीमाको निरन्तर
कोरोना उपचारमा संलग्न चिकित्सकलाई पाँच लाखको बीमा निशूल्क
सुलव एक्बुलेन्स सेवा उपलव्ध गराइने
विपन्न तथा बेरोजगार परिवारलाई रोजगारीको न्यूनतम ज्यालाको एक चौथाई बराबर खाद्यान्न उपलव्ध गराइने
लघु उद्यमशीलताका लागि ५० अर्बको छुट्टै कोष स्थापना
पाँच प्रतिशत व्याजमा शुलभ कर्जाका लागि नेपाल राष्ट्र बैंक मार्फट १ खर्ब रुपैयाँ विजियोजन
कोरोनाका कारण निर्माणधिन क्षेत्रलाई सहयोग गरिने
२ प्रतिशत व्याजमा नव प्रवर्दन कोषको स्थापना, कोषमा ५० करोड विनियोजन
प्रधानमन्त्री रोजगार कार्यक्रमलाई अभिबृद्धि, २ लाख थप व्यक्तिलाई रोजगार दिइने, ११ अर्ब ६० करोड बजेट विनियोजन
५० हजार ससाना व्यबसायी उत्पादन गरिने १ अर्ब बजेट विनियोजन
लघुवित्तको माध्यमबाट १ लाख २७ हजारलाई रोजगारी बनाइने
बाणिज्य बैंकले हरेक शाखाबाट १० र विकास बैंकले हरेक शाखाबाट कम्तिमा ५ जनालाई सहुलीयतपूर्ण कर्जा उपलव्ध गराउनुपर्ने व्यबस्था
आगामी बर्ष थप चारलाख विपन्न परिवारलाई निशुल्क स्वास्थ्य बीमा दिइने
सम्पूर्ण भौतिक पूर्वाधारहरु अपाङ्ग मैत्री बनाइने

You might also like

Comments are closed.