Nepal's First Video FM

प्रहरी हुँ भन्दै लुटेर हिँड्ने दुई जनालाई भरतपुरबाट पक्राउ

416

फागुन ११, आफूलाई सादा पोशाकको प्रहरी हुँ भन्दै लुटेर हिँड्ने दुई जनालाई भरतपुरको जागृतिचोकबाट शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नं १२ बस्ने १७ वर्षीय आशिष मगर र भरतपुर महानगरपालिका वडा नं ११ बस्ने २० वर्षीय सुजन गुरुङ रहेका छन् ।

उनीहरुले फागुन ४ गते राति भरतपुर महानगरपालिका वडा नं ११ निवासी नारायण धिताललाई विशाल चोकमा आफूहरु प्रहरी भएको बताउँदै जाँच गर्ने भन्दै नगद १० हजार र मोबाइल सेट लुटेको प्रहरीले जनाएको छ ।

धिताल काठमाडौँबाट घर फर्कने क्रममा उनीहरुले लुटेको प्रहरीले जनाएको छ । उनीहरुले नारायणगढमा रहेको पोखरा बसपार्कमा पनि होटलमा धम्काउने काम गरेको कार्यालयले जनाएको छ ।

खुकुरी प्रहार गरी फरार अभियुक्त पक्राउ

यस्तै, खुकुरी प्रहार गरी घाइते बनाएर फरार रहेका भरतपुर-२७ का हेमबहादुर थापालाई प्रहरीले भरतपुर-१० बाट शुक्रबार पक्राउ गरेको छ । उनले माघ १५ गते वीरेन्द्र क्याम्पस अगाडि र २४ गते दीपेन्द्र चोकमा शंकरदेव ज्ञवालीलाई खुकुरी प्रहार गरी घाइते बनाएका थिए । रासस

You might also like

Comments are closed.