Nepal's First Video FM

सरकारले मासिक १० युनिट विद्युत् खपत गरे निःशुल्क : सरकार

सरकारले मासिक १० युनिटसम्म विद्युत् खपत गर्ने घरायसी साना विद्युत् उपभोक्तालाई निःशुल्क गराउने घोषणा गरेको छ ।

94

सरकारले मासिक १० युनिटसम्म विद्युत् खपत गर्ने घरायसी साना विद्युत् उपभोक्तालाई निःशुल्क गराउने घोषणा गरेको छ । आर्थिक वर्ष ०७७/७८ को बजेट संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन् ।

यस्तै, मासिक १५० युनिटसम्म खपत गर्नेलाई महसुलमा २५ प्रतिशत छुट र मासिक २५० युनिटसम्म विद्युत् खपत गर्नेलाई १५ प्रतिशतले महसुल छुट दिने घोषणा सरकारले गरेको छ । यस्तै, खानेपानी र सिँचाइ उपभोक्ता समितिले तिर्नुपर्ने महशुल मिनाहा र विद्युत् महसुलमा सहुलियत दिने व्यवस्था गरेको छ ।

उत्पादनमूलक उद्योगलाई लकडाउन अवधिभर विद्युतको डिमान्ड शुल्क छुट दिने, माग कम हुने समयमा विद्युत् खपत गरे ५० प्रतिशत छुट दिने व्यवस्था बजेटमा गरिएको छ ।

राहत सहुलियत तथा आर्थिक पुनरुत्थान कार्यक्रमअन्तर्गत ल्याइएको यस्तो छुट कम्तीमा कोरोना भाइरस संक्रमणको जोखिम रहँदासम्म कार्यान्वयनमा रहने सरकारले घोषणा गरेको छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.