Nepal's First Video FM

मन्त्री चयन गर्ने अधिकार एमाले अध्यक्ष ओलीलाई

487

फागुन ११, नेकपा (एमाले)ले स्थायी समितिको बैठकले मन्त्रिपरिषद् सदस्य चयन गर्ने जिम्मेवारी पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ ।

बैठकले भूगोल, समावेशीता र क्षमता हेरेर यथाशक्य चाँडो मन्त्री चयन गर्ने अधिकार दिएको पार्टी सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

मन्त्रिमण्डल विस्तार गर्ने क्रममा नेकपा (माओवादी केन्द्र), संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टीसहित पार्टीभित्रका नेतासँग छलफल गरेर मन्त्री चयनको जिम्मा प्रधानमन्त्री तथा पार्टी अध्यक्षलाई दिएको छ ।

बैठकले दुई पार्टीबीच एकताका क्रममा यही फागुन ७ गते भएको सात बुँदे सम्झौता पार्टी एकीकरणको सकारात्मक आधार भएको भन्दै अनुमोदन समेत गरेको प्रमुख भट्टराईले जानकारी दिए ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.