Nepal's First Video FM

२२ वर्षीया स्वास्थ्यकर्मीद्वारा आत्महत्या

गत मंगलबार तेह्रथुमको म्याङलुङ नगरपालिका–१ बसपार्कस्थित सन्तोषी होटलमा २२ वर्षीया युवती झुण्डिएको अवस्थामा फेला परिन् ।

743

काठमाडौँ । गत मंगलबार तेह्रथुमको म्याङलुङ नगरपालिका–१ बसपार्कस्थित सन्तोषी होटलमा २२ वर्षीया युवती झुण्डिएको अवस्थामा फेला परिन् । ती युवती जेठ १२ गते त्यहाँ बस्न गएको पाइएको छ ।

नुवाकोटको तारकेश्वरका खम्बरसिंह तामाङ केही दिनअघि बसिरहेको होटलको कोठामा ती युवती मृत अवस्थामा भेटिएकी हन् । मोरङको उर्लाबारी घर भएकी ती युवती र तामाङ एक वर्षयता प्रेम सम्बन्धमा रहेको थिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा तामाङ होटलमा बस्न थालेको दुई दिनपछि ती युवती त्यहाँ बस्न गएकी थिइन् । तेह्रथुमको मेन्छेयम गाउँपालिका स्वास्थ्यचौकीमा अनमीको रुपमा काम गर्दै आएकी ती युवती अविवाहित हुन् ।

तामाङ बस्दै आएको होटलको कोठामा युवती मृत फेला परेपछि तामाङलाई पक्राउ गरिएको तेह्रथुम प्रहरी प्रमुख नविन प्रधानले जानकारी दिए ।

अनुसन्धानको क्रममा तामाङ ठेक्केदार रहेको र उनी पनि सोही स्वास्थ्य चौकीको निर्माण सम्बन्धी काममा संलग्न रहेको पाइएको छ ।

३८ वर्षीय तामाङका दुईवटा श्रीमती रहेको अनुसन्धानबाट खुलेको छ । उनका दुवै श्रीमती नुवाकोटमा रहेको प्रहरीले जनाएको छ ।

आत्महत्या दुरुत्साहन कसुरमा तामाङमाथि अनुसन्धान बढाइएको प्रहरीले जनाएको छ ।

You might also like

Comments are closed.