Nepal's First Video FM

परराष्ट्रमन्त्री : भूमि फिर्ता ल्याउने गरी वार्ताको तयारी छ ।

90

काठमाडौँभारतसँग सीमा विवादबारे छलफलका लागि समय निर्धारण भइनसकेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताएका छन् कालापानी, लिपुलेक लिम्पियाधुराबारे नेपालले आफ्नो अडान तथ्य सन्धिका आधारमा राखेको भन्दै मन्त्री ज्ञवालीले भारतसँग यसबारेमा निरन्तर सम्पर्कमा रहेको पनि बताए उनले नेपालले आफ्नो भूमि फिर्ता ल्याउने गरी वार्ताको तयारी गरेको बताए

संघीय संसद प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको शुक्रबारको बैठकमा मन्त्री ज्ञवालीले नेपालले भारतसँग कूटनीतिक संवादबाट नै सीमा विवादको हल खोज्न लागेको पनि बताए  हामी वार्ताबाट नै समस्याको समाधान खोजिरहेका छौं

सांसदरहरूले भारतले अतिक्रमण गरेको भूमि फिर्ता ल्याउने सीमाबारे स्पष्ट व्यवस्था गर्ने अहिले उत्तम अवसर आएको भन्दै सरकारलाई तदारुकता देखाउन आग्रह गरेका थिए  राष्ट्रियताको बारेमा सर्वसम्मति जुटाउन पनि सरकार लाग्नुपर्ने सांसदहरूको भनाइ थियो 

भारतसँग सीमाबारे वार्ता गर्ने मिति मोडालिटी तय भइनसकेको उनले जानकारी दिए 

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.