Nepal's First Video FM

भारतमा कोरोना १ लाख ७३ हजार संक्रमित, ४ हजार ९ सयको मृत्यु

367

काठमाडौं- भारतमा १ लाख ७३ हजार ४ सय ९१ जनामा संक्रमण पुष्टि भएको छ।

जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको शनिबार बिहानसम्मको तथ्यांक अनुसार भारत सर्वाधिक संक्रमण देखिएका देशको सूचीमा नवौं स्थानमा छ।

भारतभन्दा अघि क्रमशः जर्मनी, फ्रान्स, इटाली, स्पेन, बेलायत, रुस, ब्राजिल र अमेरिका छन्।

भारतमा ४ हजार ९ सय ८० जना संक्रमितको मृत्यु भइसकेको छ।

भारतमा ८२ हजार ६ सय २७ जनाको संक्रमित शनिबार बिहानसम्म संक्रमणमुक्त भइसकेका छन्।

You might also like

Comments are closed.