सवारी दुर्घटना हुँदा एकको मृत्यु, दुई घाईते : नवलपरासी
पश्चिम नवलपरासीमा भएको सवारी दुर्घटनामा परी एक जनाको निधन भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
पश्चिम नवलपरासीमा भएको सवारी दुर्घटनामा परी एक जनाको निधन भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका १५ गोपीगञ्जस्थित नारायण चोक नजिक भित्रि सडकमा ट्याक्टरले मोटरसाईकललाई शनिबार ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो ।
तीन जना सवार लु ५७ प १२८५ नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट आएको ट्याक्टरले ठक्कर दिएको थियो । ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक बर्दघाट १५ पृथ्वी बस्ती बस्ने २४ वर्षिय अनुभव चमारको उपचारका लागि वुटवल लगिएकोमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते भएका उनको अस्पताल पुर्याउने वित्तिकै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।
यस्तै मोटरसाइकलको पछाडी बस्ने सोही स्थानका विवेक विश्वकर्मा र कन्है केवट घाइते भएका छन् ।
उनीहरुको लुम्बिनी सिटि अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
मोटरसाइकललाई ठक्कर दिएर फरार भएको ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाका बारेमा अनुसन्धान गरिरहेको जनाएको छ ।
Comments are closed.