Nepal's First Video FM

लकडाउनको आज ६८ औँ दिन

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशभर लकडाउन लागू गरेको आज (शनिबार) ६८ दिन पुगेको छ।

497

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशभर लकडाउन लागू गरेको आज (शनिबार) ६८ दिन पुगेको छ।

११ चैतदेखि सुरु भएको लकडाउनको समयावधि पटकपटक थप गर्दै २० जेठसम्म पुर्याइएको छ। लामो लकडाउनले जनजीवन प्रभावित भएको छ।

तर, पनि देशैभर लकडाउनको पालनामा कुनै कमी आएको छैन। शनिबार काठमाडौं उपत्यकामा सवारीसाधन र मानिसहरुको आवागमन न्यून देखिएको छ। उपत्यकाका मुख्य सडकमा अत्यावश्यक सेवा र पासवाहक सवारीसाधन मात्रै सञ्चालनमा छन्।

सडकमा ट्राफिक प्रहरीले सवारी साधनको जाँचमा कडाई गरेको छ। पास नलिइ सञ्चालन गरिएका सवारी साधन नियन्त्रणमा राख्ने गरिएको छ।

त्यस्तै सडकमा मानिसहरुको आवागमन न्युन छ। उपत्याकाका भित्री सडकमा पनि लकडाउनको पालना भएको पाइएको छ। सबै पसल बन्द छन् भने मानिसको आवागमन पनि न्यून छ।

अत्यावश्यक खाद्य सामग्री र तरकारी पसलहरु बिहान र बेलुका मात्रै खुल्ने गरेका छन्। मानिसले सामाजिक दुरी कायम राखेका छन्।

You might also like

Comments are closed.