लागूऔषध सहित सर्लाहीमा एक जना पक्राउ
सर्लाहीकाे बिष्णु गाउँपालिका-६ सिमराबाट सशस्त्र प्रहरी (एपीएफ)काे टोलीले लागूऔषधसहित एक जनालाई शनिबार पक्राउ गरेकाे छ ।
काठमाडौं । सर्लाहीकाे बिष्णु गाउँपालिका-६ सिमराबाट सशस्त्र प्रहरी (एपीएफ)काे टोलीले लागूऔषधसहित एक जनालाई शनिबार पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा मलंगवा नगरपालिका-४ बस्ने २७ वर्षीय फैइज आलम छन् ।
ज ३ प ५७६ नम्बरको मोटरसाइकलमा सवार आलमलाई शंकाको आधारमा चेकजाँच गर्ने क्रममा उनकाे साथबाट एक्सीप्लोन नामक ६ बोतल लागूऔषध बरामद भएको सशस्त्र प्रहरीले जनाएकाे छ ।
Comments are closed.