‘लक डाउनमा जे सिकेँ, त्यती ७८ बर्षमै सिकेको थिइन’ : अमिताभ बच्चन
बलिउड नायक अमिताभ बच्चनले आफूले लक डाउनमा जीवनको बिषयमा धेरै कुरा सिकेको बताएका छन् ।
बलिउड नायक अमिताभ बच्चनले आफूले लक डाउनमा जीवनको बिषयमा धेरै कुरा सिकेको बताएका छन् ।
सामाजिक संजाल ट्विटरमा मनको भावना लेख्दै अमिताभले भनेका छन्–‘यो लक डाउनको समयमा मैले जतिकुराहरु सिकेँ, त्यती कुरा मैले आफ्नो जीवनको ७८ सालमा पनि सिकेको थिइनँ ।’
उनले ट्विटरमा ट्विट गर्दै लेखेका छन्–‘लक डाउनको समयमा मैले जती सिके, वुझे र जाने त्यती मैले आफ्नो जीवनको कालखण्डमा सिकेको थिइनँ । न त संझिन नै सकेको थिएँ, न त वुझ्न नै । यो साँचो कुरा व्यक्त गर्दाको परिणाम हो ।’
अमिताभले अर्को एक ट्विटमा जीन्दगीलाई २ दिनको मेला भन्दै दुई दिनका लागि आउने र जाने बाटो बताएका थिए । लामो समयदेखि लक डाउनमा रहँदा कलाकारहरुले आफ्नो भोगाई शेयर गर्दै आइरहेका छन् ।
Comments are closed.