बलिउडका चर्चित संगीतकर्मी वाजिद खानको आइतबार राती निधन भएको छ । उनको मृगौलामा समस्या थियो र केही समय अघि मृगौला प्रत्यारोपण गरिएको थियो । तर उनलाई केही समय देखि मृगौला संक्रमण देखिएको थियो । स्थिती बिग्रिएपछि उनी पछिल्लो चार दिनदेखि भेन्टिलेटरमा थिए । सुरुमा मृगौला संक्रमण देखियो त्यसपछि स्थिती क्रिटिकल भयो । ’
इन्टरटेन्मेन्ट जर्नलिस्ट फारिदुन सर्यारले वाजिदको मृत्यु कोभिड–१९ का कारण भएको ट्वीटमार्फत् जानकारी दिएका छन् ।उनले लेखेका छन्, ‘चर्चित गायक सोनु निगमले चर्चित संगीतकर्मी वाजिद खानको केही बेर अघि निधन भएको जानकारी मलाई दिए । उनी कोभिड–१९ द्वारा संक्रमित थिए ।’
भारतीय सञ्चारमाध्यमका अनुसार वाजिद लामो समयदेखि मृगौलाको समस्यासँग जुधिरहेका थिए । उनको मुम्बईको एक अस्पतालमा उपचा चलिरहेको थियो । अचानक स्वास्थ्य बिग्रिएपछि उनलाई भेन्टिलेटर सपोर्टमा राखिएको थियो ।
Comments are closed.