Nepal's First Video FM

चर्चित संचारकर्मी कमल सरगम सिमा मिचिएपछि भन्छन :हाम्रो सिमा तुरुन्तै फिर्ता गर (भिडियो)

675

पछिल्लो समय सिमा मिच्नेहरु बिरुद्ध गीत संगीत निर्माण भैरहेको छ।यसैलाई लक्षित गर्दै नेपाली लोक संगीत विशेषगरी जनताका गीत गाउने लोकप्रिय गायक बद्री पंगेनीले आवाज दिएको नया देशभक्ति गीत ‘सुघौली सन्धि हेर इन्डिया’बजारमा आएको छ।बद्री पंगेनीलाई लोकप्रिय गायक सुर्य खड्का,अर्का लोकप्रिय गायक बाल कुमार श्रेष्ठ र गायिका सिता श्रेष्ठले आवाजमा साथ् दिएका छन।

सिमा मिच्ने र हेपाहा प्रबिधि देखाउने भारतीय बिस्तारबादीको लागि दरिलो आवाज सहित उक्त गीत बजारमा आएको हो।गीतमा कमल सरगमको संगीत रहेको छ भने याम प्रसाद निउरेको शब्द रहेको छ।राजन क्षेत्रीको निर्माण रहेको गीतमा आशिष दवाङ् को थेगो रहेको गीतमा अभिनय भित्र बद्री पंगेनी संगै चर्चित मोडल शिबन पोख्रेल,एलिना रायमाझी,अप्सना थापा,कमल सरगम,अनु पराजुली लगाएतका २ दर्जन भन्दा बढी चर्चित कलाकार जोडिएका छन। भिडियो निर्देशन भने शिबन पोख्रेलले गरेका हुन्।क्रान्ति केसीको सम्पादन र सुरेश श्रेष्ठको छायांकन रहेको भिडियो कस्तो बन्यो?हेर्नुहोला ::

You might also like

Comments are closed.