फागुन ११, झापामा एक हजार १५ जनामा हात्तीपाइले रोगको संक्रमण देखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय झापाले बिहीबार पत्रकार सम्मेलन गर्दै सो तथ्यांक तथ्यांक सार्वजनिक गरेको हो ।
झापाका शहरी क्षेत्रका सर्वसाधारणले हात्तीपाइले रोगविरुद्धको औषधि सेवन नगरेका कारण रोगीको संख्या अझैं नघटेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य अधिकृत वेदप्रकाश घिमिरेले बताए ।
हालसम्म छैठौं पटकसम्म औषधि वितरण गरिए पनि हात्तीपाइले रोगीको संख्या नघटेकाले यो वर्ष पनि झापामा फागुन १२, १३ र १४ गते हात्तीपाइले विरुद्धको औषधि वितरण गरिने उनले बताए ।
८ लाख ९५ हजार ४ सय १९ जनसंख्या रहेको झापामा यस पटक एक लाख ४८ हजार ९ सय ६६ जनाले औषधि सेवन गर्ने जनाइएको छ । दुई वर्ष मुनीका बालबालिका तथा ७० वर्षमाथि उमेर समूहका मानिसलाई औषधि सेवन नगराइने जनाएको छ ।
Comments are closed.