कोरोना संक्रमितको संख्या १ लाख ९८ हजार , ५ हजार ६ सयको मृत्यु : भारत
भारतमा कोरोना संक्रमितको संख्या १ लाख ९८ हजार ३ सय ७० पुगेको छ।
भारतमा कोरोना संक्रमितको संख्या १ लाख ९८ हजार ३ सय ७० पुगेको छ।
जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको मंगलबार बिहानसम्मको तथ्यांक अनुसार भारत सर्वाधिक कोरोना संक्रमण फैलिएका देशको सूचीमा सातौं स्थानमा छ। भारतभन्दा अघि क्रमशः इटाली, स्पेन, बेलायत, रुस, ब्राजिल, अमेरिका छन्।
भारतमा कोरोना संक्रमणपछि ५ हजार ६ सय ८ को मृत्यु भइसकेको छ। त्यस्तै, ९५ हजार ७ सय ५४ जना संक्रमणमुक्त भइसकेका छन्।
विश्वभर कोरोना : ६२ लाख ५९ हजार संक्रमित, ३ लाख ७५ हजारको मृत्यु
विश्वभर ६२ लाख ५९ हजार ८ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित मंगलबार बिहानसम्मको तथ्यांक अनुसार संक्रमितको संख्या अमेरिकामा सर्वाधिक १८ लाख ९ हजार १ सय ९ छ।
त्यस्तै, ब्राजिलमा ५ लाख २६ हजार ४ सय ४७, रुसमा ४ लाख १४ हजार ३ सय २८, बेलायतमा २ लाख ७७ हजार ७ सय २७, स्पेनमा २ लाख ३९ हजार ६ सय ३८, इटालीमा २ लाख ३३ हजार १ सय ९७ जनामा संक्रमण पुष्टि पुष्टि भएको छ।
विश्वभर ३ लाख ७५ हजार २ सय ८ जनाको कोरोना संक्रमणपछि मृत्यु भएको छ।
मृत्यु हुनेको संख्या पनि अमेरिकामा सर्वाधिक छ। त्यहाँ १ लाख ५ हजार ९९ जनाको मृत्यु भएको छ। त्यस्तै, बेलायतमा ३९ हजार १ सय २७, इटालीमा ३३ हजार ४ सय ७५, ब्राजिलमा २९ हजार ९ सय ३७ जनाको मृत्यु भइसकेको छ।
विश्वभर २६ हजार ९२ हजार ५ सय २८ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या अमेरिकामा सर्वाधिक ४ लाख ५८ हजार २ सय ३१ छ। त्यस्तै, ब्राजिलमा २ लाख ११ हजार ८०, रुसमा १ लाख ७५ हजार ५ सय १४, जर्मनीमा १ लाख ६५ हजार ६ सय ३२ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा १८ सय ११ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये ८ जनाको मृत्यु भएको छ भने २ सय २१ जना संक्रमणमुक्त भएका छन्।
Comments are closed.