Nepal's First Video FM

अस्ट्रेलियाबाट नेपाल फर्कन चाहनेले सम्पूर्ण खर्च आफैँ बेहोर्नुपर्ने

अस्ट्रेलियाबाट तत्काल नेपाल फर्कनुपर्ने अवस्थाका नेपाली नागरिहरुलाई आफ्नो विवरण अद्यावधिक गराउन अस्ट्रेलियास्थित नेपाली दूतावासले त्यहाँका नेपाली नागरिकलाई आग्रह गरेको छ।

498

काठमाडौं-अस्ट्रेलियाबाट तत्काल नेपाल फर्कनुपर्ने अवस्थाका नेपाली नागरिहरुलाई आफ्नो विवरण अद्यावधिक गराउन अस्ट्रेलियास्थित नेपाली दूतावासले त्यहाँका नेपाली नागरिकलाई आग्रह गरेको छ। शुक्रबार एक सूचना जारी गर्दै दूतावासले विवरण अद्यावधिक गराउने आग्रह गरेको हो।

नेपाल फर्कन चाहने नेपालीले हवाई उडान खर्च, होटल क्वारेन्टाइन खर्च, विमानस्थलदेखि क्वारेन्टाइनस्थलसम्मको यातायात खर्च खाने बस्ने लगायत सम्पूर्ण खर्च आफैँले व्यहोर्नुपर्ने छ।

नेपाल प्रवेश गर्ने प्रत्येक व्यक्तिले अनिवार्य रुपमा १४ दिनसम्म स्थानीय तहको क्वारेन्टाइन अथवा स्थानीय प्रशासनले व्यवस्था गरेको होटल क्वारेन्टाइनमा बस्नुपर्नेछ। तत्पश्चात् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तोकेबमोजिम स्वास्थ्य परीक्षण भएपछि थप ७ दिन अनिवार्य होम क्वारेन्टाइनमा समेत बस्नुपर्ने सर्तमा नेपाल आउन चाहने नेपालीको विवरण अद्यावधिक गराउने दूतावासले भनेको हो।

स्वदेश फर्कने व्यक्तिले हवाई उडान गर्नुअगाडि कोभिड-१९ सङ्क्रमण नभएको स्वास्थ्य परिक्षण पिसिआर रिपोर्ट दूतावासमा पेस गर्नु अनिवार्य गरिएको छ। साथै सो रिपोर्ट आफ्नो साथमा पनि राख्न पनि भनिएको छ।

विदेशबाट आउने प्रत्येक यात्रुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा स्वास्थ्य स्वघोषणा फाराम भर्नु पर्नेछ र निजको ज्वरो मापन गरी एक सय दशमलव चार डिग्री फरेनहाइट भन्दा बढी ज्वरो आएकालाई सोझै आइसोलेसन कक्षमा र अन्यलाई होल्डिङ सेन्टरमा लगिने छ। थप जानकारीका लागि दूतावासमा सम्पर्क गर्न भनिएको छ।

You might also like

Comments are closed.