पछिल्लो २४ घण्टामा १ हजार १३२ संक्रमितको मृत्यु : अमेरिका
अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ हजार १३२ जनाको मृत्यु भएको छ ।
काठमाडौं । अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ हजार १३२ जनाको मृत्यु भएको छ । सोही अवधीमा अमेरिकामा २१ हजार ३२५ कोरोना संक्रमित थपिएका छन् ।
अमेरिकामा हालसम्म कोरोनाबाट १ लाख ८ हजारको ज्यान भइसकेको छ । संक्रमित हुनेको संख्या १८ लाख ८० हजार पुगिसकेको छ ।
६ लाख २५ हजार ४१७ निको भइसकेको छन् । ११ लाख ४७ हजार संक्रमित स्वास्थ्यकर्मीको निगरानीमा छन् । १७ हजार ११२ संक्रमितको स्वास्थ्य अवस्था गम्भीर छ ।
अमेरिकामा अहिले जातीय आन्दोलन चर्किएको छ । अमेरिकाको ध्यान कोरोनाभन्दा पनि यो आन्दोलन मत्थर पार्नेतर्फ केन्द्रित छ ।
Comments are closed.