भारतमा संक्रमितको संख्या २ लाख नाघ्यो, सर्वाधिक संक्रमण फैलिएका देशको सूचीमा सातौं स्थानमा
भारतमा कोरोना संक्रमितको संख्या २ लाख नाघेको छ।
भारतमा कोरोना संक्रमितको संख्या २ लाख नाघेको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको बुधबार बिहानसम्मको तथ्यांक अनुसार भारतमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७ हजार १ सय ८३ पुगेको छ।
सर्वाधिक संक्रमण फैलिएका देश सूचीमा भारत सातौं स्थानमा छ। भारतभन्दा अघि क्रमशः इटाली, स्पेन, बेलायत, रुस, ब्राजिल र अमेरिका छन्।
भारतमा ५ हजार ८ सय २९ जनाको संक्रमणपछि मृत्यु भएको छ। त्यस्तै एक लाख २ सय ८५ जना भने संक्रमणमुक्त भएका छन्।
विश्वभर कोरोना : ६३ लाख ७२ हजार संक्रमित, ३ लाख ७९ हजारको मृत्यु
विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ६३ लाख ७२ हजार ४ सय ४७ पुगेको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको बुधबार बिहानसम्मको तथ्यांक अनुसार अमेरिकामा सर्वाधिक १८ लाख ३१ हजार ४ सय ३५ जनामा संक्रमण पुष्टि भएको छ।
त्यस्तै, ब्राजिलमा ५ लाख ५५ हजार ३ सय ८३, रुसमा ४ लाख २३ हजार १ सय ८६, बेलायतमा २ लाख ७९ हजार ३ सय ९२, स्पेनमा २ लाख ३९ हजार ९ सय ३२ तथा इटालीमा २ लाख ३३ हजार ५ सय १५ जनामा संक्रमण पुष्टि भएको छ।
विश्वभर ३ लाख ७९ हजार ७ सय ९ जनाको कोरोना संक्रमणपछि मृत्यु भइसकेको छ। मृत्यु हुनेको संख्या पनि अमेरिकामा सर्वाधिक छ। त्यहाँ १ लाख ६ हजार १ सय ८० जनाको मृत्यु भइसकेको छ।
त्यस्तै, बेलायतमा ३९ हजार ४ सय ५२, इटालीमा ३३ हजार ५ सय ३०, ब्राजिलमा ३१ हजार १ सय ९९ जनाको मृत्यु भइसकेको छ।
विश्वभर २७ लाख २५ हजार ५ सय ४१ जना संक्रमणमुक्त भइसकेका छन्। अमेरिकामा ४लाख ६३ हजार ८ सय ६८, ब्राजिलमा २ लाख २३ हजार ६ सय ३८, रुसमा १ लाख ८६ हजार ६ सय २, जर्मनीमा १ लाख ६६ हजार ६ सय ९ जना संक्रमणमुक्त भइसकेका छन्।
विश्वभर २ सय १३ देश वा क्षेत्र र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा संक्रमण देखिइसकेको छ।
नेपालमा पनि कोरोना संक्रमितको संख्या दुई हजार नाघेको छ। बुधबार बिहानसम्म नेपालमा संक्रमितको संख्या २ हजार ९९ पुगेको छ। त्यसमध्ये २ सय ६६ हजार संक्रमणमुक्त भइसकेका छन्। र, ८ जनाको भने मृत्यु भइसकेको छ।
Comments are closed.