Nepal's First Video FM

मदिरा सेवनपछि विवाद हुँदा हत्या

कपिलवस्तुमा मंगलबार राति एक जनाको हत्या भएको छ।

431

कपिलवस्तुमा मंगलबार राति एक जनाको हत्या भएको छ। कपिलवस्तु नगरपालिका ९ हरनामपुरका ४५ वर्षीय श्यामनारायण तिवारीको हत्या भएको प्रहरीले जनाएको छ।

धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा तिवारीको शव फेला परेको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक आयुषप्रसाद जोशीले जानकारी दिए।

राससका अनुसार हत्या अरोपमा प्रहरीले हरनामपुरका २८ वर्षीय रामलौटन चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ। ‘मदिरा सेवन गरेको अवस्थामा सामान्य विवाद हुँदा चौधरीले तिवारीमाथि हातियार प्रहार गरेका प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ जोशीले भने।

मृतक तिवारीको आँखा, घाँटी लगायत शरीरका विभिन्न ठाउँमा काटिएको अवस्थामा घर नजिकैको बारीमा शव फेला परेको प्रहरी निरीक्षक जोशीले बताए। प्रहरीले शव परीक्षणको लागि जिल्ला अस्पताल लगेको छ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.