नेपालमा भारतबाट आउने संख्याले संक्रमित बढेसँगै पछिल्लो साता संक्रमितको संख्यामा उच्च वृद्धिदर देखिएपछि नेपालमा संक्रमित संख्या कति पुग्छ भन्ने आँकलन गर्न थालिएको छ।
बुधबार स्वास्थ्यमन्त्री भानुभक्त ढकालले एक महिनाभित्र संक्रमित संख्या १५ हजार पुग्ने बताएका छन्। एक फाउन्डेसनले सहयोग गरेको स्वास्थ्य सामाग्री ग्रहण गर्दै मन्त्री ढकालले भने, ‘संक्रमित संख्या दुई हजार नाघिसक्यो। अब एक महिनाको बीचमा यो १० देखि १५ हजार पुग्न सक्छ।’
उनले भारतबाट आउने संख्याले संक्रमित बढेसँगै अब सरकार फरक नीतिबाट उपचार विधिमा जाने बताए। अब संक्रमितहरूलाई आइसोलेसन केन्द्र बनाएर राख्ने नीतिमा सरकार अघि बढेको मन्त्री ढकालले जनाए।
उनले संक्रमितमध्ये ५ प्रतिशतलाई भेन्टिलेटरको आवश्यक पर्ने देखिएकाले सरकार त्यसको व्यवस्थापनमा जुटेको जनाकारी दिए। पछिल्लो समय संक्रमित संख्या ह्वात्तै बढेपछि अस्पतालहरूमा बेडको अभाव भएको छ।
Comments are closed.