Nepal's First Video FM

६३ लाख ९३ हजार संक्रमित, ३ लाख ८३ हजारको मृत्यु : विश्वभर कोरोना

विश्वभर ६३ लाख ९३ हजार ९ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

387

काठमाडौं- विश्वभर ६३ लाख ९३ हजार ९ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको बिहीबार बिहानसम्मको तथ्यांक अनुसार अमेरिकामा सर्वाधिक १८ लाख ४९ हजार ८ सय ५२ जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै, ब्राजिलमा ५ लाख ५५ हजार ३ सय ८३, रुसमा ४ लाख ३१ हजार ७ सय १५, बेलायतमा २ लाख ८१ हजार २ सय ७०, स्पेनमा २ लाख ४० हजार ३ सय २६, इटालीमा २ लाख ३३ हजार ८ सय ३६ जनामा संक्रमण पुष्टि भएको छ।

विश्वभर ३ लाख ८३ हजार ३ सय १८ जनाको कोरोना संक्रमणपछि मृत्यु भएको छ। मृत्यु हुनेको संख्या पनि अमेरिकामा सर्वाधिक छ। त्यहाँ १ लाख ७ हजार ९९ जनाको मृत्यु भएको छ।

त्यस्तै, बेलायतमा ३९ हजार ८ सय ११, इटालीमा ३३ हजार ६ सय १, ब्राजिलामा ३१ हजार १ सय ९९ जनाको मृत्यु भएको छ।

विश्वभर २७ लाख ८६ हजार ६ सय १५ जना संक्रमणमुक्त भएका छन्। बिहीबार बिहानसम्म अमेरिकामा ४ लाख ७९ हजार २ सय ५८, ब्राजिलमा २ लाख २३ हजार ६ सय ३८, रुसमा १ लाख ९५ हजार ५ सय ५९, जर्मनीमा १ लाख ६७ हजार ४ सय ५३ जना संक्रमणमुक्त भएका छन्।

नेपालमा पनि २३ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बुधबार मात्रै २ सय १ जनामा संक्रमण पुष्टि भएको थियो।

त्यस्तै, नेपालमा संक्रमितमध्ये ९ जनाको मृत्यु भएको छ। साथै, २ सय ७८ मा संक्रमणमुक्त भएका छन्।

You might also like

Comments are closed.