Nepal's First Video FM

२ लाख १६ हजार संक्रमित, मृत्यु हुनेको संख्या ६ हजार नाघ्यो : भारतमा कोरोना

भारतमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ लाख १६ हजार ८ सय २४ पुगेको छ। सर्वाधिक संक्रमण देखिएको देशको सूचीमा भारत सातौं स्थानमा छ। सूचीको सबैभन्दा अघि अमेरिका छ।

539

काठमाडौं- भारतमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ लाख १६ हजार ८ सय २४ पुगेको छ। सर्वाधिक संक्रमण देखिएको देशको सूचीमा भारत सातौं स्थानमा छ। सूचीको सबैभन्दा अघि अमेरिका छ। त्यसपछि क्रमशः ब्राजिल, रुस, बेलायत, स्पेन, इटाली, भारत छन्।

जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको बिहीबार बिहानसम्मको तथ्यांक अनुसार भारतमा मृत्यु हुनेको संख्या पनि ६ हजार नाघेको छ। त्यहाँ ६ हजार ८८ जनाको मृत्यु भएको छ।

त्यस्तै, १ लाख ४ हजार ७१ जना संक्रमणमुक्त भएका छन्।

You might also like

Comments are closed.