घरजग्गाको मूल्य घट्छ : बैंकिङ क्षेत्रका विज्ञ
अबका दिनमा नेपालमा घरजग्गाकाे मूल्यममा के असर पर्ला भन्ने सम्बन्धमा नेपाल भ्यालुयर्स एसाेसिएसनले बैंकिङ, कानुन एवं लेखापरीक्षण क्षेत्रका व्यक्तिहरूसँग छलफल चलाएकाे छ ।
अबका दिनमा नेपालमा घरजग्गाकाे मूल्यममा के असर पर्ला भन्ने सम्बन्धमा नेपाल भ्यालुयर्स एसाेसिएसनले बैंकिङ, कानुन एवं लेखापरीक्षण क्षेत्रका व्यक्तिहरूसँग छलफल चलाएकाे छ । उक्त छलफलमा अधिकांश व्यक्तिहरूले घरजग्गाकाे मूल्य घट्न सक्ने आँकलन गरेका छन् । साथै मूल्यांकन क्षेत्रमा अन्तर्राष्ट्रिय अभ्यास पालना गर्नुपर्नेमा विज्ञहरूकाे विशेष जाेड दिएका छन् ।
विभिन्न क्षेत्रका विज्ञहरूले छलफलकाे क्रममा राखेकाे धारणाकाे सार यहाँ प्रस्तुत गरिएकाे छ ।
अन्तर्राष्ट्रिय बजारकाे नकारात्मक असर नेपालमा पनि पर्न सक्ने सम्भावना
इ. देवेन्द्र कुमार श्रेष्ठ, मूल्याङ्कन कार्य विज्ञ
अन्तर्राष्ट्रिय स्तरमा घरजग्गाकाे मूल्यमा नकारात्मक असर परेकाे देखिन्छ । यस्ताे अवस्थालाई विचार गर्दै नेपालमा पनि मूल्याङ्कन कार्य अन्तर्राष्ट्रियस्तरको हुनु जरुरी छ ।
अब पनि अन्तर्राष्ट्रिय स्तरको मूल्याङ्कन कार्य नगर्ने हो भने बजारकाे अनिश्चितता एवं यस्ता महामारीकाे बेला बैंक तथा मूल्यांकनकर्तालाइ ठूलाे असर पर्ने देखिन्छ ।
मूल्यांकन कार्य विज्ञान हाेइन, कला हाे । जसमा मूल्यांकनकर्ताले आफ्नाे अनुभव र बजार मूल्यकाे आधारमा आफ्नाे राय तथा विष्लेषण दिने गर्दछन् । यसलाइ थप व्यवस्थित बनाउन मूल्यांकन कार्य सम्बन्धमा विशेष कार्यविधि हुनुपर्ने जरूरी रहेपनि नेपालमा अहिले सम्म कुनै पनि किसिमकाे गाइडलाइन्स, एेन तथा नियम नबन्नु ठूलाे चुनाैती बनेकाे छ ।
सबै बैंकमा एकै किसिमकाे गाइडलाइन्स आवश्यक
कृष्ण प्रसाद आचार्य, अध्यक्ष, आइक्यान
घरजग्गाकाे लागि ऋण प्रवाह गर्नकाे लागि पछिल्लाे समय मूल्यांकनलाइ उच्च महत्वमा राखिँदै आइएकाे छ । यस्ताे अवस्थामा मूल्यांकन कार्यलाइ व्यवस्थित बनाउन र यसमा एकरूपता ल्याउन सबै बैंक तथा वित्तीय संस्थाहरूले एकै किसिमकाे गाइडलाइन्स लागु गर्नुपर्ने आवश्यकता देखिएकाे छ । अबका दिनमा महामारी लगायत अार्थिक मन्दीका बेलामा यस्ता ठूला एकै किसिमकाे गाइडलाइन्सले हामीलाइ विशेष सहयाेग पुर्याउन सक्छ । साथै मूल्यांकन कार्यमा अन्तर्राष्ट्रिय प्रविधि र ज्ञान अवलम्बन गर्न ढिलाे गर्नुहुँदैन । यसरी नै काेराेना भाइरसले घरजग्गामा पार्ने असर समेत अनिश्चित देखिएकाे अवस्थामा नेपाली बजारमा घरजग्गाकाे मूल्यमा गिरावट आउने समेत देखिएकाे छ ।
मूल्यांकनकर्तालाइ कालाेसूचिमा राख्ने कार्य गलत
सराेजकाजी तुलाधर
अध्यक्ष, नेपाल फाइनान्सियल इन्ष्टिच्युसनल एसाेसिएसन
काेडिभ-१९ काे असर घरजग्गामा पनि केही न केही त अवश्य पर्छ नै ।
बैंक तथा वित्तीय संस्थाले आफ्नाे फाइदाकाे लागि मूल्यांकनकर्ताले सिफारिस गरेबमाेजिम कर्जा उपलब्ध गराउने तर अप्ठ्याराे परिस्थिति सृजना भए त्यसकाे जवाफदेही स्वयं मूल्यांकनकर्तालाइ नै बनाउने प्रचलन छ, त्याे गलत हाे । यस कार्यलाइ व्यवस्थित बनाउन जरूरी छ ।
मूल्यांकनकर्तालाइ कालाेसूचीमा राखिने कार्य नेपाल राष्ट्र बैंककाे गलत कार्य हाे । उक्त कार्य विरूद्ध एकसाथ मूल्यांकनकर्ता एवं बैंकरहरूले आवाज उठाउनु जरूरी छ ।
धेरै गिरावट नआउला
गाेविन्द ढकाल, अध्यक्ष, डेभलपमेन्ट बैंकर्स एसाेसिएसन
काेभिड-१९ काे कारण घरजग्गामा असर देखिएपनि नेपालमा तत्काल मूल्यमा धेरै गिरावट त नआउला । तर अवस्था अझै अनिश्चित नै छ । अहिलेकाे विषम परिस्थितिमा हामी सबै मिलेर अघी बढ्नुकाे विकल्प छैन ।
अहिले सम्म अपनाएकाे परम्परागत मूल्यांकन कार्यले पार्न सक्ने प्रभाव कम गर्न र अबका दिनमा नयाँ तवरले अघी बढ्न अन्तर्राष्ट्रिय मूल्यांकन विधिहरू अपनाउनु जरूरी छ । त्यस कार्यमा संलग्न रहन र आवश्यक सहयाेग गर्न हामी बैंकरहरू तयार नै छाैं ।
फाैजदारी अभियाेग जटिल विभेद
इन्जिनियर नारायण काेइराला, कानुनी सल्लाहकार
बैंक तथा वित्तीय संस्थाहरू अन्तर्राष्ट्रिय नियमबाट बाँधिएका छन् तर नेपालका मूल्यांकन कार्य चाहिँ परम्परागत ढाँचामा हुनुपर्ने कानुनी जटिलताकाे मुख्य कारक हाे । बाैद्धिक कार्यलाइ फाैजदारी अभियाेग जस्ताे जघन्य कार्यसँग जाेड्नु मूल्यांकनकर्ता माथि राज्यले देखाएकाे जटिल विभेद हाे ।
आजकाे विषम परिस्थितिमा मूल्यांकनकर्तालाइ कालाेसूचीमा राख्ने एवं अपराधी जस्ताे फाैजदारी मुद्दामा अभियाेग लगाउने कार्यलाइ नेपाल राष्ट्र बैंकले पुनः परिभाषित गर्नु जरूरी छ ।
मूल्य घट्ने स्पष्ट सङ्केत देखिन्छ
अनलराज भट्टराइ
पूर्व बैंकर तथा आर्थिक विष्लेषक
बजारकाे अस्थिरता तथा आर्थिक रूपमा चेन इफेक्टले गर्दा घरजग्गाकाे मूल्य प्रष्ट रूपमा घट्ने देखिन्छ । घरजग्गाकाे मूल्य भनेकाे यथार्थपरक विष्लेषण एवं उच्च अनुभवकाे आधारमा साेही समयमा प्रस्तुत गरिने आफ्नाे विचार हाे । जसकाे स्वामित्व अनन्त काल सम्म रहन सक्दैन ।
मूल्यांकन कार्यलाइ व्यवस्थित बनाउन एवं आगामी दिनमा आउन सक्ने यस्तै महामारी वा आर्थिक मन्दीकाे अवस्थालाइ जित्नकाे लागि अन्तर्राष्ट्रिय मूल्यांकन विधि अहिलेकाे आवश्यकता हाे ।
थप दुर्घटनाबाट बच्न केही समयलाइ मूल्यांकन कार्य बन्द गराैं
भुवन कुमार दाहाल
अध्यक्ष, नेपाल बैंकर्स एसाेसिएसन
काेभिड-१९ काे कारण घरजग्गामा आउन सक्ने नकारात्मक असरलाइ मध्यनजर गर्दै सबै सराेकारवालाहरूकाे बीचमा समन्वय तथा सहकार्यकाे निम्ति एउटा कमिटी बनाएर अघी बढ्नुपर्ने आवश्यकता छ ।
हामी मूल्यांकनकर्ता र बैंकरहरू आपसका सहयात्री भएकाेले दाेषाराेपण गर्नुभन्दा पनि समस्या पहिचान गरी समाधान तर्फ अघी बढ्नु जरूरी छ ।
घरजग्गाकाे मूल्यकाे अनिश्चितताकाे कुरालाइ ध्यानमा राख्दै नयाँ मूल्यांकनकाे कार्य केही समय नगर्ने र पुनः मूल्यांकन गर्दा आगामी दिनमा हुन सक्ने दुर्घटनाबाट बच्न सकिन्छ ।
सराेकारवालाहरू बीचकाे छलफलबाट निकास खाेजाैं
इन्जिनियर ऋषि काेइराला, अध्यक्ष, नेपाल भ्यालुयर्स एसाेसिएसन
नेपालका बैंक तथा अन्य सबै सराेकारवाला निकायहरू समेत अहिलेकाे मूल्यांकनकर्ताकै पक्षमा उभिनुभएकाे छ । यसले तत्काल समस्या सृजना हुने मूल्यांकन क्षेत्र समेत अबका दिनमा नयाँ सम्भावना सहित अघी बढ्ने देखिएकाे छ । यसबाट हामीलाइ पुनः नयाँ आशा जागेकाे छ ।
मुल्यांकन कार्यलाइ व्यवस्थित बनाउन तत्काल नै कार्यसञ्चालन निर्देशिका ल्याउनुपर्ने जरूरी छ । विगतमा हामीले तथ्यांक सङ्कलन सम्बन्धी काम गर्न नसक्दा अहिले समस्या व्यहाेर्नुपरेकाे छ । अबका दिनमा समयमा नै तथ्याङ्क संकलन गर्नु जरूरी छ । यद्यपि अहिलेकाे अवस्थामा भने सबै पक्षकाे सहयाेग र सल्लाहबाट उपयुक्त निष्कर्ष निकाल्दै अघी बढ्नु जरूरी छ ।
पूरै भिडियाे हेर्नकाे लागि यस लिंकमा क्लिक गर्नुहाेला ।
Comments are closed.